महरालाई संसद सचिवालयले दियाे स्कार्पियो गाडी

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वसभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ । 
 
बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि महराले सचिवालयबाट स्कार्पियो गाडी पाएका हुन्।

उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको स्रोतले बताएको छ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए भने पछि सोही प्रकरणमा पक्राउ परेका थिए । 

पछि जिल्ला अदालत काठमाडौंले उनलाई निर्दोष ठहर गर्दै रिहा गरेको थियो । 

प्रकाशित मिति: : 2020-04-13 08:46:24

प्रतिकृया दिनुहोस्