कोरोनाका कारण विश्वभर एक लाख १४ हजारले ज्यान गुमाए, बेलायत आइपुग्याे ‘टप फाइभ’मा

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसका कारण विश्वभर एक लाख १४ हजार १७९ जनाले ज्यान गुमाएका छन्। यस्तै चार लाख २३ हजार २८६ जना निको भएर घर फर्किएका छन् । 

अहिलेसम्म विश्वमा कुल संक्रमितको संख्या १८ लाख ५१ हजार ७३४ पुगेको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार भन्दा बढी पुगेको छ।

आइतबार एकै दिन अहिलेसम्मकै धेरै ७३७ जनाको मृत्यु भएसँगै बेलायतमा ज्यान गुमाउनेको संख्या १० हजार भन्दा बढी भएको हो । अहिलेसम्म बेलायतमा मृत्यु हुनेको संख्या १० हजार ६२९ पुगेको छ । योसँगै बेलायत सर्वाधिक ज्यान जाने देशको सूचीमा ‘टप फाइभ’मा आइपुगेको छ।

बेलायत भन्दा अमेरिकामा पहिलो स्थानमा छ। अमेरिकामा २२ हजार १०५ को मृत्यु भएको छ। यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः इटाली र स्पेन छन्। 

इटालीमा १९ हजार ८९९ र स्पेनमा १७ हजार २०९ को मृत्यु भएको छ। यस्तै चौथो स्थानमा फ्रान्स छ। यहाँ १४ हजार ३९३ जनाको मृत्यु भएको छ।

बेलायतमा संक्रमितको संख्या ८५ हजार २०६ पुगेको छ । अमेरिकामा पाँच लाख ६० हजार, स्पेनमा एक लाख ६६ हजार, इटालीमा एक लाख ५६ हजार, फ्रानसमा एक लाख ३२ हजार तथा जर्मनीमा एक लाख २७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: : 2020-04-13 06:52:38

प्रतिकृया दिनुहोस्