क्यालिफोर्नियामा ‘लकडाउन’ उल्लंघन गर्ने ६ जनालाई गोली हानियो

बिएल संवाददाता

क्यालिफोर्निया

अमेरिकाको क्यालिफोर्नियामा लकडाउन उल्लंघन गरेर पार्टी गरेको भन्दै ६ जनालाई गोली हानिएको छ।

बेकर्सफिल्डस्थित एक अपार्टमेन्ट आसपासमा शनिबार मध्यरातपछि गोली चलेको हो। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार वृहत पार्टी सुरु नहुँदै प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ।

घाइतेहरुलाई तत्कालै अस्पताल पुर्‍याइएको र उनीहरु खतरामुक्त रहेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। 

क्यालिफोर्नियाले कोरोना भाइरसको महामारी फैलन नदिन त्यहाँका चार करोड जनतालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-04-13 06:36:06

प्रतिकृया दिनुहोस्