अमेरिकाबाट सात दिनभित्र अपराधिक पृष्ठभूमिका नागरिक फिर्ता लैजान आदेश 

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकाले यहाँ आएर बिभिन्न अपराधिक गतिबिधिमा संलग्न भईं अदालतबाट दोषी प्रमाणित भएर जेल जीवन बिताइरहेका वा फरार रहेका अन्य मुलुकका नागरिक, स्थायी बासिन्दा र सम्बन्धित मानिसलाई फिर्ता लैजान सम्बन्धित देशलाई आग्रह गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शु्क्रबार एक मेमो जारी गर्दै यस्तो  आग्रह गरेका हुन्। उनको मेमोमा 'अमेरिकी कानुन र अदालतबाट कानुनी कार्वाहीको आदेश र कानुनी कार्वाही भोगिरहेका अन्य मुलुकका ती नागरिक​, बासिन्दालाई ती मुलुकले नलगे, अस्विकार गरे आजका ७ दिनपछि अमेरिकी सरकार भिसा एवम् उक्त मुलुकलाई हेर्ने कुनै पनि नीतिमा कडाइ गर्न बाध्य हुनेछ'  भनिएको छ।

अमेरिका अहिले कोरोना भाइरस महामारी पीडाले आक्रन्त रहेको उल्लेख गर्दै राष्ट्रिय संकटमा चलिहेकोले देशले आफ्ना नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो आदेश जारी गर्नुपरेको पनि उल्लेख गरिएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाका कारागारमा रहेका वा फरार रहेका विभिन्न देशका अपराधिक पृष्ठभूमिका नागरिकलाई सात दिन भित्र फिर्ता लैजान आग्रह गरेका छन्। उनले शुक्रबार जारी गरेको मेमोमा त्यसो नगरिएमा सम्बन्धित देशविरूद्ध भिसा नदिनेलगायतका कारबाही गरिने बताइएको छ। राष्ट्रपति ट्रम्पको यो मेमोलाई लिएर अमेरिकामा रहेका सबै नेपाली फिर्ता पठाउन लागिएको भन्ने खालको समाचार पनि बाहिरिएको छ। तर, त्यो सही नभएको भनेर यहाँका केही अगुवा नेपालीले त्यसको खण्डन गरेका छन्। 

यसैबीच अमेरिकी राष्ट्रपतिले अमेरिकामा रहेका नेपालीलाई सात दिनभित्र फिर्ता जान आदेश दिएको भन्ने खालका समाचार पनि घरदेश र परदेशका नेपाली न्युज पोर्टलमा सार्वजनिक भएका छन्। तर, राष्ट्रपति ट्रम्पले जारी गरेको मेमोमा त्यस्तो छैन। यसको अपब्याख्या भएको भनेर अमेरिकामै रहेका केही अगुवा नेपालीले स्पष्ट पार्न पनि प्रयास गरेका छन्।

अमेरिकामा रहेका भेट्रन नेपाली पत्रकार सानुबाबु सिलवालले पनि 'कृपया भ्रममा नपर्नु होला। यो पढ्नुहोस पहिले' भनेर लामो सचेतनामुलक फेसबुक स्टाटस लेखेका छन्। उनले कुरोको चुरोका रूपमा लेखेका छन्- ' अपराधमा संलग्न भ​एका अमेरिकी कानुन र अदालतबाट सजाय पाएका र सजायका लागि निर्णय भै खोजिबिनको लिस्टमा परेका कुनै पनि देशका नागरिक​, उक्त मुलुकका स्थायी बासिन्दा र उक्त मुलुकसङ्ग सम्बन्धित ब्याक्तिहरु बाहेक अन्य मानिस आत्तिनु पर्ने, चिन्ता लिनु पर्ने र डराउनु परेन यो निणर्यबाट​।'

अमेरिकी राष्ट्रपति ट्रम्पको छवि आप्रवासीमैत्री नभएकाले उनले जारी गरेका आप्रवासीसम्बन्धी मेमो अप्रिय हुने धेरैको अनुमान रहन्छ। त्यही अनुमानका भरमा पनि उनका मेमोहरूले एक किसिमको भ्रम र आतंक नै सिर्जना गर्छन्। त्यही क्रममा आएको यो मेमोले पनि त्यही सन्त्रास सिर्जना गरेको हो।

 

प्रकाशित मिति: : 2020-04-12 01:28:27

प्रतिकृया दिनुहोस्