एक जनाले प्रश्न खडा गर्नासाथ छानबिन गर्न राजीनामा दिएँ: गोकुल बाँस्कोटा

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएको बताएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएको अडियो टेप सार्वजनिक भएपछि सरकारका प्रवक्ता र सञ्चार मन्त्री रहेका बाँस्कोटाले गत फागुन ८ गते राजीनामा दिएका थिए।

बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्छन्। बाँस्कोटाले केही दिनदेखि लगातार विभिन्न विषयमा ट्वीट गर्दै आएका छन्।

शनिबार उनले लेखेको ट्वीटमा आफूले छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएको बताएका हुन्।

‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ,’ उनले विगतका मन्त्री सम्झेर उदाहरण दिएका छन्, ‘सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएबाहेक कसैले मैले जसरी राजीनामा दिएका छन्रु अझ म अनैतिक र भ्रष्ट? बात गर्छन्!’

प्रकाशित मिति: : 2020-04-11 14:29:09

प्रतिकृया दिनुहोस्