न्युयाेर्क शहरकाे दारुण चित्र: ९/११ भन्दा खराब स्थिति

बिएल संवाददाता

न्युयाेर्क

विश्वकै समृद्ध तथा शक्तिशाली एउटा शहरको दारुण कथा यति बेला पटाक्षेप भएको छ। हो, न्युयोर्क शहर हरेक व्यक्तिका लागि एउटा स्वपनील शहर हो। तर, यति बेला कोही यहाँ आउन चाहदैन। कुनै बेला न्युयोर्कमा बस्न जद्धोजहद गर्नेहरू यति बेला शहर छोड्न भावातुर छन्। कोरोना भाइरसको संक्रमणका कारण न्युयोर्क एउटा ठूलो सामूहिक चिहानमा परिवर्तन हुँदैछ। शुक्रबारसम्म यहाँ ७ हजार ६७ जनाको निधन भइसकेको छ। १ लाख ६० हजारको हाराहारीमा संक्रमित छन्। 

कोरोनाको विश्वव्यापी अवस्थालाई हेर्दा यो शहरले एक्लै सबैभन्दा ठूलो मूल्य चुकाइरहेको छ। युरोपमा सबैभन्दा बढी प्रभावित इटाली र स्पेनको तथ्यलाई केलाउँदा न्युयोर्क एक्लैको अवस्था भयावह देखिन्छ। स्पेनमा हाल डेढ लाख व्यक्ति संक्रमित देखिएका छन् भने इटालीमा १ लाख ४० हजार। यो अवस्था यथावत रहे न्युयोर्क एक्लैले मर्नेको संख्यामा पनि अन्य देशलाई उछिन्ने देखिन्छ। 

हाल इटालीमा १८ हजार ८ सय ४९ जनाकाे निधन भएकाे छ भने स्पेनमा १६ हजार ८१ ले ज्यान गुमाइसकेका छन्। 

अमेरिकामा हाल कोभिड–१९ का ४ लाख ५० हजार संक्रमित छन्, जुन विश्वव्यापी कोरोना संक्रमितको संख्याकाे तीन चौथाई मानिन्छ। शुक्रबार सार्वजनिक एक रिपोर्टअनुसार अमेरिकामा निधन हुनेको संख्या ७ सय ९९ ले बढेको छ। र, अमेरिका छिटै नै काेराेनाबाट सर्वाधिक मानिस मर्ने देशकाे सूचिमा पहिलाे नम्बरमा स्थापित हुँदैछ। हालसम्म यहाँ १८ हजार ७ सय ४७ जनाले ज्यान गुमाइसकेका छन्। 

न्युयोर्क गर्भनर एन्ड्रयु कोमोका अनुसार न्युयोर्कमा मात्र कोरोना भाइरसका कारण ८ हजारको हाराहारीमा मानिसकाे निधन भइसकेको छ। जुन न्युयोर्क शहरको इतिहासमा सबैभन्दा कुरुप दिन मानिएको सन् २००१ काे नाइन–इलेभेनको घटनाभन्दा खराब समय हो। नाइन–इलेभेनमा २ हजार ७ सय ५३ भन्दा बढी व्यक्तिले न्युयोर्कमा ज्यान गुमाएका थिए। विश्वका सबैभन्दा खुंखार आतंकवादी मानिएका ओसमा बिन लादेनकाे आदेशमा नाइन–इलेभेनमा न्युयाेर्ककाे ट्विन्स टावरमा उडिरहेकाे दुई वटा बिमानद्धारा हमला गरिएकाे थियाे।

यति बेला न्युयोर्कमा मान्छे गाड्ने ठाउँको अभाव भएको छ। यसैले सरकारले सामूहिक आत्मदहनका लागि छुट्टै मसानघाट खन्नु परेकाे छ। जहाँ परिचय नखुलेका, गरिब र लास लिन आउन नसक्ने व्यक्तिका सदस्यलाई गाड्ने र जलाउने गरिएकाे छ। 


 

प्रकाशित मिति: : 2020-04-11 11:29:00

प्रतिकृया दिनुहोस्