मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवककाे मृत्यु

खाँदबारी नगरपालिका–२ चेवाबेसीको आरुबोटे भन्ने ठाउँमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

 बिहीबार राति १० बजे आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर १९ वर्षीय महेश विश्वकर्माको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोषकुमार राईले बताए। 

उनका अनुसार घाइते भएका विश्वकर्मालाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हाे । 

विश्वकर्माको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति: : 2020-04-10 16:07:11

प्रतिकृया दिनुहोस्