मुलुककै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थान ’पीसीआर रिएजेन्ट’ (स्वास्थ्य परीक्षण सामग्री) हस्तान्तरण गरेको छ । फाउण्डेशनका अध्यक्ष विनोद चौधरीका अनुसार स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनद्धारा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरिएको हो ।
यता, फाउण्डेशनका अध्यक्ष चौधरीले भने आफ्नो ट्विटरमा यस्तो लेखेका छन्,”आज चौधरी फाउन्डेसनले सरकारका स्वास्थ्यमन्त्री माननीय भानुभक्त ढकालज्यूलाई १,००० थान एऋच् च्भबनभलत हस्तान्तरण गरेको छ । यसबाट कोरोनाभाइरस उपचार प्रभावकारी हुनेमा विश्वस्त छु ।”