वृद्धवृद्धाको उपचारमा खटिएका डाक्टरको काेराेनाबाट मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायती डा‍. एनटोन सेबास्टियनपीको मृत्यु भएको छ। वृद्धवृद्धाको उपचारमा विशेषज्ञता प्राप्त सेबास्टियनपीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

उनकाे गएको आइतबार मृत्यु भएको अस्पतालले मंगलबार जानकारी दिएको हो । दक्षिण पश्चिम लण्डनमा रहेको किंग्सटन हस्पिटलमा उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

 Dr Anton Sebastianpillai, aged 75, had come out of retirement to work at Kingston Hospital

चार दिन सघन उपचार कक्षमा राखेर उपचार गरे पनि उनको शनिबार मृत्यु भएको अस्पतालले बताएको छ । डा. एनटोन सोही अस्पतालमा कार्यरत थिए । 

अन्तिमपटक अस्पतालमा बिरामी जाँच गरेको १६ दिनपछि उनको कोरोना को कारण मृत्यु भएको हो ।

प्रकाशित मिति: : 2020-04-08 06:53:43

प्रतिकृया दिनुहोस्