शंकर ग्रुप तथा जगदम्बा स्टिल र सिमेन्टका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्।
मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कालोबजारी गरेको अभियोगमा पक्राउ गरेको हो।
अग्रवाललाई नक्सालबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
उनले पाँच हजार बजार मूल्यको ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैंयामा बिक्री गरेको आरोपमा पक्राउ गरेको एसएसपी थापाले बताए।