अमेरिकामा कोराेनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

सोमबार थप १२ सय ५५ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या अमेरिकामा १० हजार ८७१ पुगेको हो। यस्तै ३० हजार भन्दा बढी संक्रमित थपिएसँगै अमेरिकामा कुल संक्रमितको संख्या तीन लाख ६७ हजार भन्दा बढी पुगेको छ।

अमेरिकामा कोरोना महामारीको हटस्पट न्यूयोर्कमा मृत्यु हुनेको संख्या आइतबारको तुलनामा केही बढेको छ।

सोमबार पाँच सय ९९ जनाको न्यूयोर्कमा मृत्यु भएको हो। अहिलेसम्म न्यूयोर्कमा मृत्यु हुनेको संख्या चार हजार ७५८ पुगेको छ। यस्तै राज्यमा संक्रमितको संया एक लाख ३१ जहार भन्दा बढी छ।

कोरोनाको संक्रमणका कारण विश्वभर अहिलेसम्म ७४ हजार ६३५ जनाको मृत्यु भएको छ। त्यसमध्ये ५० हजार भन्दा बढी युरोपका छन्।

प्रकाशित मिति: : 2020-04-07 08:18:14

प्रतिकृया दिनुहोस्