प्रधानमन्त्री ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन्।

एक मन्त्रीले भने, ‘समय तय भएको छैन। तर, प्रधानमन्त्रीले भोलि (मंगलबार) सम्बोधन गर्नुहुन्छ।’

पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिँदै थियो। तर, मन्त्रिपरिषद्को बैठकले त्यसलाई लम्ब्याएर ३ बैशाखसम्म पुर्‍याउने निर्णय गरिसकेको छ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो। त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको थियो, जुन २५ गते १२ बजेसम्म रहनेछ।

तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एकसाथ तीन जनामा संक्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्बाएको हो।

प्रकाशित मिति: : 2020-04-06 18:46:17

प्रतिकृया दिनुहोस्