भारतमा कोरोनाबाट मृत्यु हुने ८६ पुगे, तीन हजारभन्दा बढी संक्रमित

बिएल संवाददाता

नयाँदिल्ली

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोनाको संक्रमण भारतमा तीब्र गतिमा बढिरहेको छ। शनिबार साँझसम्म भारतमा ३ हजार ५ सय ८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

भारतमा कोरोनाको प्रभाव तीब्र भएसँगै नेपालमा पनि जोखिम बढेको छ। रोजगारीका क्रममा भारतमा रहेका लाखौँ नेपाली स्वदेश फर्किएको हुँदा उनीहरुबाट कोरोना फैलन सक्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति: : 2020-04-05 06:34:03

प्रतिकृया दिनुहोस्