भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतलमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ आएको छ।

बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो।

उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ। सबैको नमुना हेटौँडामा रहेको प्रयोगशालामा पठाइएको थियो।

प्रकाशित मिति: : 2020-04-04 10:27:41

प्रतिकृया दिनुहोस्