ट्रम्पकाे आदेश– क्यानडा र ल्याटिन अमेरिकामा एन९५ मास्क निर्यात नगर्नु

बिएल संवाददाता

न्यूयाेर्क

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रमुख मास्क निर्माता कम्पनी ३ एम लाई मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा निर्यात नगर्न आग्रह गरेको छ। अमेरिकामा निर्माण भएका एन ९५ रेस्पिरेटरी मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा निर्यात नगर्न सरकारले आग्रह गरेको ३एमले जनाएको छ। 

बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कोरियन युद्धको बेलाको सुरक्षा सामग्री उत्पादन सम्बन्धी कानून लागु गर्दै ३एमलाई थप मास्क उत्पादन गर्न आदेश दिएको थियो।

तर ३एमले शुक्रबार वक्तव्य जारी गरेर संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फिमा) को आदेश अनुसार अमेरिकामै एन९५ रेस्पिरेटरी मास्कको अभाव भएको र यस्तो बेलामा देशकै लागि उत्पादन बढाउन कानून लागु भएको उल्लेख गरेको छ।

यस्तै सरकारले आफ्ना मास्कहरु अमेरिका र ल्याटिन अमेरिकामा निर्यात नगर्न आग्रह गरेको पनि ३एमले बताएको छ।

३एमले प्रति महिना १० करोड एन९५ मास्क उत्पादन गर्ने गरेको छ। त्यसमध्ये एक तिहाई मास्कको उत्पादन अमेरिकामा हुने गर्छ। बाँकी मास्कको उत्पादन भने विश्वका विभिन्न देशमा रहेका उद्योगमा हुने गरेको ३एमले जनाएको छ।

निर्यातमा रोक लगाइए गल्ती साबित हुन्छः प्रधानमन्त्री ट्रूडो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ३एमका मास्क निर्यातमा रोक लगाइए त्यो गल्ती साबित हुने बताएका छन्।

अमेरिकी राष्ट्रपति  ट्रम्पले डिफेन्स प्रोडक्सन एक्टको प्रयोग ३एमलाई गम्भीर तरिकाले हिर्काउनका लागि प्रयोग गरेको बताएका छन्।

क्यानडामा आन्तरिक रुपमा एन९५ मास्कको उत्पादन हुँदैन। क्यानडाका प्रधानमन्त्री ट्रूडोले शुक्रबार पत्रकारसँग मास्कको निर्यातमा रोक लगाउनु वा व्यापार कम गर्नु गल्ती हुने बताएका छन्।

प्रकाशित मिति: : 2020-04-04 08:37:02

प्रतिकृया दिनुहोस्