बेलायतका किशाेर काेराेना संक्रमित, जसकाे निधनमा परिवारको एक सदस्य पनि उपस्थित भएनन्

एक्लै कफिन गाडिँदै।

नेपालीमा एउटा उखान छ नि ‘दुःख बाजा बजाउँदै आउँदैन।’ यस्तै प्रकृतिको घटना अहिले बेलायतमा भएको छ। बेलायतमा शनिबार एकजना १३ बर्षे किशोरको निधन कोरोना भाइरसको संक्रमणका कारण भयो। 

इस्माईल मोहम्मद अब्दुलवाहब, जो बेलायतको दक्षिणपश्चिम लन्डनमा बसोबास गर्थे, उनलाई स्वासप्रश्वासमा समस्या भएपछि लन्डनस्थित किङ्स कलेज अस्पताल पुर्‍याइएको थियो। तर, एक्लै कफिनमा बाहिरिए। 

उनी बेलायतमा काेराेनाका कारण मृत्युवरण गर्ने सबैभन्दा किशाेर युवक मानिएकाे छ। यसअघि युराेपकाे पाेर्चुगलमा १४ वर्षीय एक किशाेर भिक्टाेर गाेडिन्हाेकाे निधन भएकाे थियाे। (कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशाेरको पोर्चुगलमा निधन)

उनको दाहसंस्कारमा परिवारका एक सदस्य पनि उपस्थित हुन सकेनन्। कोरोना भाइरसको संक्रमण बेलायतमा नफैलिँदासम्म उनी परिवारको चहेता थिए। तर, दुर्भाग्य उनको निधनमा परिवारको एउटा सदस्य पनि उपस्थित हुन सकेनन्। उनको परिवारमा ६ जना सदस्य थिए। तर, यसमा दुई भाईलाई संक्रमणको लक्षण देखिएको बताइएको छ। उनीहरूमा ज्वरो आउने समस्या बढेको र खानाको स्वाद पनि थाहा पाउन छोडेको परिवारले बताएको छ। 

अहिले सबै ‘सेल्फ आइसोलेसन’ को अवस्थामा छन्। इस्माईलको शनिबार दिउँसो क्रिस्लेहर्सटस्थित केम्नल पार्कमा अवस्थित मुस्लिमहरूको चिहान घरमा अन्तिम संस्कार गरिएको थियो। 
 

प्रकाशित मिति: : 2020-04-04 07:22:24

प्रतिकृया दिनुहोस्