सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरिवाना

बिएल संवाददाता

काठमाडाै‌ं

जर्मनीमा सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरिवाना तिर्नु पर्ने भएको छ। जर्मनीकी चान्सलर एङगेला मर्केलले जनतालाई घर नछाड्न आदेश दिँदै यस्तो जानकारी गराएकी हुन्। किराना पसल र मेडिकलमा भने यो लागू हुने छैन।

यसका साथै जर्मन सरकारले मानिसहरुलाई पाँच फिटको सामाजिक दूरी कायम गर्न भनेको छ भने दुईभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध गरेको छ।

यस्तै त्यहाँका १६ स्थानीय सरकारहरुले पनि सोही नियमको पालना गराउन आफ्नो स्थानीय निकायमा जानकारी गराएका छन्।

जर्मनीको सबैभन्दा ठूलो राज्‍य बाभारियामा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमितको पुष्टि भएको छ। त्‍यहाँ कम्तीमा पनि १ हजार ८ सयभन्दा बढीजनामा कोरोना पोजिटिभ देखिएको छ।

जर्मनीमा ८० हजारबढी कोरोनाबाट संक्रमित छन्।

प्रकाशित मिति: : 2020-04-04 06:45:32

प्रतिकृया दिनुहोस्