कोरोना महामारीविरुद्ध नेकपा, सीपीसीसहित विश्वका १९३ पार्टीको १०बुँदे संयुक्त अपील

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा), चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) सहित विश्वका १ सय ९३ राजनीतिक दलहरुले दश बुँदे संयुक्त अपील जारी गरेका छन् । 

नेकपाका तर्फबाट पूर्व प्रधानमन्त्री एवम् पार्टी विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले उक्त अपीलमा हस्ताक्षर गरेका हुन् ।

‘अ ज्वइन्ट ओपन लेटर फ्रम वर्ल्ड पोलिटिकल पार्टीज् कन्सर्निङ क्लोजर इन्टरनेसनल को–अपरेसन एगेन्स्ट कोभिड–नाइन्टिन’ नामक उक्त अपील बारे वरिष्ठ नेता नेपालले भनेका छन्, ‘यस प्रयत्नलाई अझ बढी प्रभावकारी, सघन र सफल बनाएर मात्रै हामी कोभिड– १९ का विरुद्धको लडाइँमा विजय हासिल गर्न सक्छौं ।’

‘नेपाल विश्वभरिका सरकारहरुका प्रयासलाई बलियो बनाउनुका साथै जनतालाई सचेत बनाई जनस्वास्थ्य जस्तो अति संवेदनशील विषयमा आइपरेको महाविपत्तिको दृढतापूर्वक सामना गर्न चीनियाँ कम्युनिष्ट पार्टी, जसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि संलग्न रहेको छ’, विदेश मामिला प्रमुख नेपालद्वारा जारी प्रेस नोटमा भनिएको छ । 

अपीलमा भनिएको छ, ‘कोभिड– १९ महामारी यतिबेला विश्वकै साझा चुनौतीका रुपमा देखा परेको छ । मानव जातिमाथि नै ठूलो संकटका रुपमा देखा परेको यस महामारीका विरुद्ध लड्नका लागि विश्वका सबै मुलुकहरुले आ– आफ्नो ठाउँबाट अधिकतम प्रयत्न गरिरहेका छन् । दस्तावेजले संकटका बेला एकजुट भएर अघि बढ्न विश्वलाई प्रेरित गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’


अङ्ग्रेजी भाषामा जारी उक्त १० बुँदे अपील अनौपचारिक नेपाली अनुवाद (पूर्ण पाठ) :

आज जसरी कोभिड– १९ विश्वव्यापी रूपमा दु्रतगतिमा फैलिरहेको छ, यो मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकास दुबैका लागि सबैभन्दा जरुरी र गम्भीर चुनौती बनेको छ । यस अभूतपूर्व परिस्थितिको सामना गर्दैजनताको हितको सुरक्षा, राष्ट्रिय विकासको प्रबद्र्धन तथा विश्व शान्ति र स्थायित्वको गहन जिम्मेवारी बहन गर्न हामीले विभिन्न राष्ट्रका प्रमुख राजनीतिक दलहरूले निम्न उल्लिखित संयुक्त अपीलजारी गरेका छौँ :

  1. हामी सबै व्यक्ति, विशेषगरी स्वास्थ्यकर्मीहरु प्रति उच्च सम्मान अर्पण गर्दछौं, जसले मानिसहरुको स्वास्थ्यको ख्याल राख्न र जीवन बचाउन आफूलाई समर्पण गरेका छन् । कोभिड–१९बाट पीडित, जीवन जोखिममा परेका तथा शोक सन्तप्त परिवारजन प्रति हामी हार्दिक सहानुभूति र एकता प्रकट गर्दछौं । साथै, यस प्रकोपमा दुर्भाग्यवश ज्यान गुमाउनेहरु प्रति हामी गहिरो शोक व्यक्त गर्दछौँ ।
  2. हामी बुझ्दछौं, यदि कोभिड– १९प्रकोप प्रभावकारी रुपमा शीघ्र रोकथाम गरिएन भने यसले धेरै व्यक्तिहरूको ज्यान, सुरक्षा र स्वास्थ्य माथि ठूलो हानी पु¥याउने छ । अझ अधिकांश राष्ट्रहरूको आर्थिक र सामाजिक विकास तथा अन्तर्राष्ट्रिय आदान–प्रदान र सहयोगमा समेत गम्भीर प्रभाव पार्नेछ । हामी सबै राष्ट्रहरूलाई जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड– १९ फैलिनबाट अन्त्य गर्न ठोस तथा सशक्त कदम चाल्न आग्रह गर्दछौँ ।
  3. कोभिड– १९बिरुद्ध लड्न आफ्नो विशिष्ट राष्ट्रिय अवस्थाका आधारमा आकस्मिक योजना र रणनीतिहरू आवश्यक पर्दछन् । हामी राष्ट्रहरूलाई ती योजना र रणनीतिहरू तयार अवस्थामा राखी सहकार्यलाई सुदृढ गर्न सहयोग गर्नेछौँ । साथै समान जोड दिएर यसको रोकथाम र बिरामी उपचार गर्न प्रोत्साहित गर्दछौँ । यसैबीच, द्रूतगतिमा उत्तम परिणामहरू सुनिश्चित गर्न आधुनिक विज्ञान र प्रविधि पूर्ण रुपमा लागू गर्नुपर्दछ ।
  4. हामी सबै राष्ट्रका नागरिकलाई सामाजिक जिम्मेवारीको भाव बुझेर रोकथामका उपायहरूको अनुपालन गर्न आग्रह गर्दछौं । कोभिड– १९बिरुद्ध लड्न नागरिक समाज र स्वयंसेवकहरूको आवश्यकता पर्दछ । हामी राष्ट्रहरूलाई उक्त क्षमताको लाभ लिएर सम्पूर्ण सामाजिक क्षेत्रको शक्ति उपयोग गर्नका लागि प्रोत्साहित गर्दछौँ ।
  5. महामारी नियन्त्रण गरिरहँदा, एकीकृत दृष्टिकोण अपनाएर आर्थिक र सामाजिक सुनिश्चितता तथा लक्षित उपायहरू प्रयोग गरेर कमजोर समूह र एसएमईहरूको रक्षा गर्नुपर्दछ । जनताको जीवनस्तर र सामाजिक प्रगति प्रति उनीहरूको प्रतिबद्धतालाई सम्मान गर्न हामी सबै राष्ट्रहरूलाई प्रोत्साहित गर्दछौँ । अहिले विश्व वित्तीयबजार र आपूर्ति स्थिर राख्नुपर्ने आवश्यकता छ । हामी सबै राष्ट्रहरुलाई आर्थिक नीतिहरुको अन्तर्राष्ट्रिय समन्वयतिर कदम चाल्न आग्रह गर्दछौँ । विश्वव्यापी आर्थिक मन्दी रोक्न व्यापार सुविधाको लागि सीमाशुल्क घटाउन वा छुट दिन पनि आग्रह गर्दछौँ । साथै, हामी तत्काल आवश्यक पर्ने मेडिकल उपकरण र सुरक्षात्मक सामाग्रीको सीमापार आदान प्रदानको उचित स्तर कायम राख्न राष्ट्रहरूलाई प्रोत्साहित गर्दछौँ ।
  6. हामी सचेत छौँ– यो भाइरसले कुनै सीमानाको सम्मान गर्दैन र प्रकोपको समय कुनै राष्ट्रले एकल रुपमा यसका चुनौतीहरूको सामना गर्न सक्दैन । यस कठिन परिस्थितिमा राष्ट्रहरूले सक्रिय रूपमा परस्पर सहयोग प्रदर्शन गरी मानव जातिको साझा भविष्यका निम्ति सामुदायिक चेतना विकास गर्नुपर्दछ । नजिकको अन्तर्राष्ट्रिय सहकार्य, समन्वय भएका नीतिहरू, संयुक्त कार्यहरू र विश्वव्यापी रूपमा स्रोत र शक्तिको परिचालनले हामीलाई यस मानवताको साझा दुश्मन भाइरसलाई हराउन सक्षम बनाउनेछ ।
  7. चीन र अन्य केही राष्ट्रहरूमा कोभिड– १९ विरूद्ध भएको महत्वपूर्ण प्रगतिले हाम्रो ध्यानाकर्षण गरेको छ । उक्त लडाइँले अन्तर्राष्ट्रिय समुदायलाई समय र अनुभव प्रदान गरेको छ । हामी चीन लगायत देशहरूको उच्च प्रशंसा गर्दछौँ जसले खुला, पारदर्शी र उत्तरदायी प्रवृत्ति अपनाएर समयमै सम्बन्धित जानकारी प्रकाशन गरे तथा बिरामी उपचारको अनुभव बाँडे । विशेषतः अन्य प्रभावित देशहरूलाई उनीहरूको क्षमताका आधारमा मेडिकल र अन्य आपूर्तिहरू प्रदान गरे । यसले कोभिड– १९ बिरूद्धको विश्वव्यापी लडाइँमा ठूलो योगदान पु¥याउनुका साथै अन्य देशहरूको यो लडाइँ जित्न सक्ने आशा र विश्वासमा बढावा दिएको छ ।
  8. हामी कोभिड– १९का बारेमा बसेको जी–२० नेताहरूको असाधारण शिखर सम्मेलन वक्तव्यको स्वागत गर्दछौँ । प्रकोप रोक्न अनुभवको साझेदारी, चिकित्सा सहकार्य तथा विशेष औषधी, खोप र परीक्षणको संयुक्त अनुसन्धान र विकास आवश्यक पर्दछ । हामी यस कार्यमा सहयोग पु¥याउने राष्ट्रहरूलाई समर्थन गर्दछौँ । हामी विकासशील र कमजोर जनस्वास्थ्य प्रणाली भएका राष्ट्रहरूलाई सामग्री, प्राविधिक र अन्य सहयोगका लागि आग्रह गर्दछौँ । सहकार्य रुपी सूर्यको किरणले महामारीको अन्धकार फैलिनबाट रोकोस्।
  9. हामी रोकथामका उपाय र भाइरसको उत्पत्ति जस्ता मुद्दाहरूमा विज्ञानमा आधारित व्यावसायिक छलफलका लागि आह्वान गर्दछौँ । हामी सार्वजनिक स्वास्थ्यका मुद्दाहरूको राजनीतिकरण र कोभिड– १९को बाहनामा अन्य राष्ट्रहरू प्रति कलंकित व्यबहारको कडाइका साथ विरोध गर्दछौँ । हामी कुनै पनि राष्ट्र, क्षेत्र वा जातीय समूह माथि हुने भेदभावपूर्ण टिप्पणी र अभ्यासका बिरूद्ध दृढ अडान लिन्छौँ । हामी सबै राष्ट्रका सरकारलाई विदेशी नागरिक र विद्यार्थीको स्वास्थ्य, सुरक्षा र वैधानिक हितको रक्षा गर्न आवश्यक सक्रिय कदम चाल्न आह्वान गर्दछौँ ।
  10. कोभिड– १९को प्रकोपले विश्वव्यापी शासनको दृष्टिकोणलाई बढावा दिन अझ बढी आवश्यक देखिएको छ । राष्ट्रहरूले छलफल र सहकार्यबाट साझा बृद्धि हासिल गर्न संयुक्त राष्ट्रसंघ र सार्वजनिक स्वास्थ्यका लागि विश्व स्वास्थ्य संगठनको नेतृत्वदायी भूमिका आवश्यक देखिएको छ । हामी आम जनस्वास्थ्यको साझा भविष्य बोकेको विश्व समुदाय निर्माण गर्ने प्रयास गरिरहेका छौँ । तसर्थ, हामी प्रभावकारी अन्तर्राष्ट्रिय रोकथाम र नियन्त्रणका लागि, जी २० र अन्य अन्तर्राष्ट्रिय संयन्त्र अन्तर्गत समन्वय र सहकार्य बढाउनका लागि आह्वान गर्दछौँ ।

 

हामी विश्वभरिका मुलुकका प्रमुख राजनीतिक दलहरूको हैसियतले असामान्य परिस्थितिमा नजिकबाट सञ्चार कायम गर्ने र कोभिड– १९बिरूद्धको विश्वव्यापी लडाइँमा राजनीतिक ऊर्जा दिने सुनिश्चित गर्दछौँ । हामी दृढ विश्वास गर्छौं, हाम्रो वर्तमान कठिनाइहरू अस्थायी हुन्र प्रत्येक आँधीबेहरी पछि सूर्यको किरण देखा पर्नेछ । अहिले विज्ञानमा आधारित लक्षित दृष्टिकोण लिएर आत्मविश्वास र संकल्पका साथ ठोस प्रयास गर्ने बेला हो । अन्तर्राष्ट्रिय समुदायले त्यसो गरेमा कोभिड– १९ विरूद्धको विश्वव्यापी अवरोधमा निश्चित रूपले अन्तिम विजय हासिल गर्नेछ । हाम्रो विश्वास छ, महामारी पछि मानव जातिको साझा भविष्य बोकेको समुदाय बलियो हुनेछ र मानवतालाई उज्यालोले अँगाल्नेछ ।

 

प्रकाशित मिति: : 2020-04-03 18:29:59

प्रतिकृया दिनुहोस्