भारतमा २ हजार ३०१ जना कोरोना संक्रमित, ५६ को मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली

 भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।  यस संक्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ। 

संक्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन्। अरु दुई हजार ८८ अस्पतालमा उपचाररत रहेका छन् 

भारतको महाराष्ट्रबाट ३३५ व्यक्ति संक्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ। त्यसैगरी तामिल नाडुका ३०९ व्यक्ति संक्रमित रहेका र छ जनाको मृत्यु भएको छ। 

भारतको केरला राज्यको २८६ व्यक्ति सङ्क्रमति रहेका छन् भने दुई जनाको मृत्यु भएको छ  । राष्ट्रिय राजधानी नयाँ दिल्लीमा २१९ जना संक्रमित भएका छन् भने चारको मृत्यु भएको छ। नयाँ दिल्लीका आठ जना उपचारपछि घर फर्किएका छन्। 

आन्ध्र प्रदेशमा १२३, कर्नाटकमा १२४, राजस्थानमा १३३, तेलाङ्गानामा १०७, चन्डीगढमा १८,  जम्मु र काश्मिरमा ७०, लदाखमा १४ जनामा कोरोना भाइरस संक्रमण पाइएको समाचारमा जनाइएको छ। 
त्यसैगरी भारतको उत्तरपूर्वी राज्य मिजोरम र आसाममा एक, एक जना र मणिपुरमा दुई जनाको कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-04-03 13:11:04

प्रतिकृया दिनुहोस्