हाम्रो समाजमा पुरानो भनाइ छ–बाजा बजाएर आउदैन् संकट। तर, कोरना भाइरस (कोभिड–१९) को गुप्त र आकस्मित आगमन त चीनको हुबेई प्रान्तको वुहानमा मात्र भइको थियो गत डिसेम्बरको अन्त्यतिर। जहाँ महाँसंकट र चरम भय फैलायो, मृत्युको ताण्डव मचायो। त्यहींबाटै बाजा (शंकध्वानी) बजाएर विश्व युद्ध घोषणा गर्यो। पटक पटक पुरै विश्वमा धावा बोल्ने उद्घोष गर्यो। आफूलाई रोक्न सिंगो विश्वलाई चुनौती र चेतावनी दिइनैरह्यो। चेतावनीको भाषामा थुप्रै पाठहरु भढाइरह्यो।
तर सुनेन, बुझेन, सिकेन विश्वले, न त उसको चेतावनीप्रति गाम्भिर्यता नै देखायो। चीन एक्लै लड्यो आफ्ना भएभरका शक्ति लगाएर यो कोरोना कहरसँग। अनेक उपाए र प्रविधिको नविन आविस्कार गर्यो यो अपरिचित नौलो महामारी विरुद्ध। तर सिङ्गो विश्वले यसलाई साझा समस्या मान्दै मानेन, आपसी सहयोग र सहकार्यको अपरिहार्यता ठान्दै ठानेन।
लामो समय चीनलाई घेरिरहेको यो महामारीले विश्वलाई तयरी र होसियारीको पर्याप्त समय दिएको थियो। विश्व मै नयाँ यो महामारी चीनलाई जसरी नै नयॉ थिएन अन्य मुलुकका लागि। चीनको भोगाइ, प्रयास र प्रविधिबाट धेरै कुरा सिक्न सक्थे। चीनको महामारी विरुद्धको युद्ध कौशल, पूर्व तयारी, रोकथाम र नियन्त्रणको उपायका सवल र दुर्वल पक्षको समिक्ष गर्न भ्याउँथे।
अझै सशक्त र विकसित प्रविधि र पूर्व तयारी पनि अपनाउन सक्थे अरु मुलुकले त। तर अपसोच, महामारीले दैलो नटेकुन्जेल निदाएरै बस्यो पुरै विश्व। प्रत्यक्ष, अप्रत्यक्ष रुपमा महामारी प्रवेशका माध्यम र बाटोहरुलाई सुगम र सहज पारेर। जसको चर्को मूल्य आज ति सबै मुलुकहरुले चुकाइरहेका छन्। ५३ हजार भन्दा बढी मान्छेले ज्यान गुमाएर अनि झण्डै १० लाख १६ हजार संक्रमणको सिकार बनेर। अझै यसको मूल्य के कसरी चुकाउनु पर्ने हो कुनै टुङ्गो छैन्। त्राहिमाम पुरै विश्वको अर्थतन्त्रमा परेको धक्काको त लेखाजोखा बाँकी नै।
नेपालको नजिकका दुई ठूला छिमेकी मध्ये चीन थियो यो महामारीको पहिलो ईपिसेन्टर। भूगोल र अन्य पारस्पिरिक अन्तर सम्वन्धले स्वत दुबैले नेपाल सुरुबाटै उच्च जोखिममा थियो। तर, पदीय विज्ञ हाम्रा निर्णयकर्ताहरुले यसको गाम्भीर्यता बुझ्न सकेनन् समयमा। न त आफ्नो क्षेत्रमा लामो अनुभव हांसिल गरेका अध्येता, विद्धान व्यक्तित्वको राय, सुझावको अवश्यकता नै महुस गरे। परिस्थितिले कोरोनासँगको चीनको लडाइको अध्यायहरु घोक्न, बुझन र मनन् गर्न नेपाल र नेपालीलाई चरम दवाव दिइरहेको थियो।
तर, तवसम्म विउझेन सरकार जबसम्म विश्व स्वास्थ्य संगठनले कोरनालाई विश्वव्यापी महामारी घोषणा गरेर नेपाल पनि उच्च जोखिममा रहेको चेतावनी दिएन। सायद विश्व शक्ति राष्ट्रहररुको आपसी आग्रह पूर्वाहग्रहको चेपुवामा पनि पर्यो नेपाल। निद्रा खुलेको सरकारका मूली र सदस्यहरुले त्यसपछि पनि अवस्थाले मागे मुताविक आफ्नो निर्णय प्रक्रियामा सिघ्रता र कार्यान्वयनमा तिव्रता प्रर्दशन गर्न सकेन। संकट र महामारी जनता र सरकार दुवैका लागि परिक्षाको घडि हो। समान्य अवस्थामा थुरै आ“खा, कान र मनको निगरानीमा हुने सरकारमाथि संकटको क्षणमा जनताको अपेक्षा र निगरानी दुबै बढेर जान्छ। यो यथार्थलाई सरकारका चालक, सहचालक लगायतका अन्य क्रियुहरुले बुझन् सक्नु पर्ने थियो।
तर बुझ्न पिटिक्कै सकेनन् जसको बलियो प्रमाण हो स्वस्थ्य उपकरण लगायतका समाग्रीहरुको भ्रष्टाचार प्रकरणको ताजा खवर। महामारीको जोखिमले मन्त्रीहरुको भूमिकामा संक्षमता, प्रभावकारिता र समय सापेक्षताको बाटो हेरिरहेको थियो। नविन सोच, प्रविधि मैत्री व्यवहार र छरितो कार्यशैली खोजिरहेको थियो। तर, रेस दश हजार मिटर होस् या सय मिटर उमेरले पाका सरकारका सदस्यहरु गति उही पुरानै थियो। केटाकेटीमा रटेको ”स्लो एण्ड स्टिडी विन्स द रेस” भन्ने भनाइलाई मूलमन्त्र माने सरी। जुन छिमेकमा उदण्ड मच्चाइरहेको महामारी रोकथामको रणनीति निमार्ण र पूर्व तयारीको लागि विल्कुलै प्रतिकूल थियो। फलत सरकारको लकडाउन लगायतका राम्रा कदमलले पनि देश र जनताको लागि अपेक्षित सुरक्षा कवचको काम गर्न नसकेको महसुस गर्न थालिएको छ।
जुन तथ्यलाई पछिल्लो समयमा मात्र बिदेशबाट फर्किएका ६ जना संक्रमित पुष्टि हुनुले गर्छ। व्यक्तिगत सुरक्षा सामाग्री, कवच, परीक्षण किट्स, औषधि, पन्जा, माक्स, नमूना परिक्षण ल्याव लगायतका अन्य दैनिक उपभोग्य वस्तुको अभावले प्रतिविम्बित गर्छ। परिक्षणको दायरा बढाउदा संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान विज्ञहरुको छ। जुन वाजा बजाएर महामारीले गरेको चेतावनी नबुझ्नु कै परिणाम हो भन्दा फरक नपर्ला।
आम मान्छेका दुई वटा समान स्वभाव र मनोविज्ञान हुन्छन्। पहिलो–अरुको सफलता देख्छ। तर, त्यसभित्रका अनेकौं असफलताका घाउहरु देख्दैन। पार गरेका संर्घष, त्याग, पीडा, वियोग, संकट, प्रकोप अनि मेहनतका अनगिन्ती घुम्ती र चरणहरु बुझदैन। दोस्रो–संकट र महामारी भोेग्ने संसारको उ नै पहिलो पुस्ता हो भन्ने ठान्छ। तर मानव विकास क्रमको लामो कालखण्डमा अनगिन्ती भोकमरी, महामारी, प्रकोप, संकट र युद्वले मानव अस्मिता मै धावा बोलेको थुप्रै इतिहांसहरु छन्।
सन् १९१८–१९२० सम्म फैलिएको इन्फ्लुन्जाले झण्डै ४ करोड मान्छेको ज्यान लिएको थियो। जुन तात्कालिन विश्वको कूल जनसंख्याको २ प्रतिशत थियो। यो महामारीका कारण प्रख्यात समाजशास्त्री म्याक्स वइवर र वर्तमान अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हजूर वुवा फ्रेडरिक ट्रम्पको पनि निदन भएको थियो। त्यसैगरी प्लेग, सार्स, इवोला, बर्डफ्लु जस्ता महामरी र भूकम्प, सुनामी लगायतका प्राकृतिक प्रकोहरु पनि मानव भोगाइका नमिठा इतिहांसका ताजा दृष्टान्तहरु हुन्। हाम्रो निम्ती त कुनैवेला झाडापखाल समेत महामारी बनेको थियो। हाम्रा थुप्रै अग्रज यसको सिकार बनेको तितो पीडादायी कथा ताजै छ। दूरदराजमा आज पनि मरिरहेका छन् झडापखालाबाट।
प्रत्येक हारपछि मान्छे अर्को नय“ आविस्कार र विकास लिएर उठ्दै आएको छ। मानव सभ्यता र संस्कृतिको यो परिस्कृत रुपलाई त्यस्तै प्रतिकूलता विरुद्धको संघर्षबाट मानव जातिले गरेको आर्जनको रुपमा स्वकार्ने गरिन्छ। एक पटक सोचौ त–आफ्नै लागि एक हप्ते गृहबन्दी खप्न मुस्किल हुने मान्छे, हमेसा संकट, चुनौती, अभाववेगरको अवस्था भोग्थ्यो भने कति अल्छी र यथास्थितीवादी हुन्थ्यो होला।
तसर्थ यस्ता महामारी र संकट पक्कै पनि भोग्दाको क्षण पीडादायी हुन्छ। तर, आउदा भयत्रास र असह्य घाउ दिए पनि जादा मान्छेलाई अपूर्व ज्ञान र चेतना दिएर जान्छ। रचनात्मक र सृजनशिल बन्न प्रेरणा दिन्छ। गतिशिल बनाउँछ, परिवर्तन र नविनताको लागि अग्रसर बनाउछ। फरक मान्छेले कसरी बुझ्छ भन्ने मात्र हो। सही या गलत कसरी सिक्छ भन्ने मात्र। तर, लाग्छ अजसम्म त गलत नै सिकिरहेछ।
फेरि एक पटक विवस छ मान्छे कोरोना कहरबाट, आतंकित छ भय र त्रासको प्रहरबाट। एकै हप्ते लकडाउनबाट कहालिएको मान्छे अर्को थप एक साताको घोषणाले अत्तालिएको छ। नया“ यो महामारीको खोप र उपाचार अभवाको हल्लाले मृत्यु चिन्तले पनि ग्रसित छ। तर, बुझ्दैन सरकारले लकडाउनको माध्यबाट गृहवास जस्तो महामारीको सजह र निशूल्क उपचार दिइरहेको। किन कि विज्ञान र भौतिक विकासका सुविधाले मान्छेलाई चक्की खानी वित्तिकै आराम महसुस गर्ने बानी पारेर अधैर्य बनाइ सकेकोछ। तसर्थ केही हप्ता भौतिक, शारीरिक दूरी कायम गरेर भाइरस निष्प्रभावी पार्न सक्ने उत्तम बिकल्प असहज मानिरहेको छ मान्छे।
सरकारको निषेधाज्ञा पालन गर्ने तौरतरिका मान्छेपिछे फरक छ। पा“चजनाको परिवारमा चारजना पुरै नियममा, बा“की एकको उही पुरानै दैनिकी। मास्क लगाएर घरबाट हिड्यो, साथीभाइ जम्मा भयो, थुक चाटीचाटी तास खेल्यो, मास्कबाट थुतुनो बाहिर निकालेर एउटै चुरोट पालैपालो तान्यो। भिडभाड, एउटै चर्पी, जुत्ता चप्पल एउटै। बेलुका भट्टीमा प्रेमले एउटै चम्चा, प्लेट र ग्लासको प्रयोगबाट टन्न धोक्यो। घरका अरु सदस्यको लकडाउनको इमान्दार पालन, घर बस्दाबस्दा पट्टाइ नै लागेको स्ट्याटसका ढर्रा सामाजिक सञ्जालमा। के अर्थ यस्तो पालनाको?
संविधानको मौलिक हकका कतिपए व्यवस्था समेत राज्यको आवश्यकताले निलम्वित छन्। तर मान्छे मनोमानी गरिरहेछ आफ्नो मजाको लागि पुरै देश र जनतालाई जोखिममा पारेर। वेल्सका युवराज चल्स, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन लगायतका अन्तराट्रिय उच्च पदस्थ व्यक्तिहरुले समेत आफू संक्रमित भएको सार्वजनिक गरे। यसले हामीलाई पनि केही सिकाइरहेको छ। तर, ठिक उल्टो सिकेर सम्भावित, शंकास्पद संक्रमित नमूना परिक्षणबाट भागिरहेका छौं अनि संक्रमण पूष्टि भएकाले लुकाइरहेका छौं। खाद्यन्न अभावका कारण विपन्न वर्ग वाहिर निस्कनु स्वभाविक नै हो। घरमा प्रर्याप्त खाद्यान्न भएका स्वादे जिव्रेहरु पनि स्वाद फेर्ने सामाग्रीको खोजिमा निस्किरहेका छन्। किनकि, मान्छे स्वादको निम्ति एउटा कुखुराको चल्ला ७–८ हप्ता पाल्छ। ७–८ केजी अनाजका दान खुवाउछ , विभिन्न भ्याक्सिन र औषधि दिन्छ। २ केजी तौल बनाएर एकछाक जिव्रोको स्वाद मेटाउछ। तर, चेत र चासो दुवै छैन् उसलाई त्यो दुई केजी कुखुरा तयार गर्दा खर्च हुने अन्न, औषधि उपचार र अन्य भौतिक वस्तु उत्पादनमा लाग्ने समय, उर्जा, पैसा जस्ता लगानीको ? प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्वन उत्सर्जन र जलवायु परिवर्तनमा त्यसको योगदानको।
यो त एउटा दृष्टान्त मात्र हो। यसरी नै मान्छेले आफ्ना हरेक गतिविधिले प्रकृति र वातावरणलाई बिथोल्ने र दुषित पार्ने दुश्कर्म गरिरहेको छ। आफ्नै विरुद्ध उत्तेजित पारिरहेछ, भड्काइरहे छ पर्यावरणलाई। र, एवं रीतले यसैगरी समयान्तरालमा आफ्नै विनास भोगिरहेछ।
आज फेरि मान्छेको त्यही नियति दोहोरिएको छ। पुरै विश्वमा संकट मडारिरहेको छ। त्राहिमाम मान्छे लकडाउन मार्फत घरमै लुक्न विवस छ। यसरी फेरि महामारीको त्रास र भयले ठूलो पाठ सिकाइरहेको छ। आफ्ना वानिव्यहोरा वदल्न दवाव दिइरहेछ। दैनिकी परिवर्तन गरेर संयमित र अनुसाशित जीवनको मार्गदर्शन गरिरहेछ। तर विद्धान शिक्षक प्रकृतिको लद्दु विद्यार्थी हामी मान्छे अझै पनि बुझ्न ढिलो गरिरहेका छौं। वाध्यकारी लकडाउनबाट मान्छेको केही हप्ते सुधार र परिवर्ततन विम्व मात्र हो। यथार्थमा मान्छेको समग्र खानपान, जीवनशैली र सभ्यताको परिवर्तनको आदेश गरिरहेको छ यो संकटले।
शिक्षक प्रकृतिको अस्मिता जोखिममा पार्ने विज्ञानको आविस्कार र विकासको प्रारुप सुधार्न चेतावनी दिइरहेको छ। सांकेतिक भषामा मान्छेलाई वातावरण मैत्री व्यवहार र दिगो विकासको नीति अवलम्लन गर्न सचेत गराइरहेको छ। तसर्थ अव सिक्नलाई ढिलो नगरौं, रतिभर हेल्चक्रयाईं नगरौं– यो महामारीले प्रतिकात्मक सजाय र दण्ड दिएर प्रकृति र वातावरण प्रेमी बन्न विश्वकै मान्छेलाई सम्झाइरहेको छ। नत्र कुनै दिन हामीले हाम्रा आफन्त गुमाउने होइन पुरै अस्तित्व गुमाउने छौं।