मेडिकल सामग्री खरिदको जिम्मा सेनालाई दिनु हुँदैन : विष्णु रिजाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका नेता विष्णु रिजालले मेडिकल सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

सरकारले कोरोना भाइरसविरुद्ध लड्न सेनामार्फत अत्यावश्यकीय मेडिकल सामग्री खरिद गर्ने तयारी गरिरहेका बेला रिजालले यस्तो कार्यमा सेना प्रयोग गर्न नहुने धारणा राखेका हुन्।

नेकपाको विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले लेखेका छन्, ‘हुरीबतास आयो, घर बनाउने जिम्मा सेनालाई। महामारी आयो, औषधी किन्ने जिम्मा सेनालाई। ठूलो बजेट भयो, बाटो बनाउने जिम्मा सेनालाई। यो सेनाको यो कामै होइन।’

रिजाल थप लेख्छन्, ‘सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिने–दिने दुवैलाई राम्रै लाग्ला तर हाम्रो प्रणाली कमजोर हुन्छ। दीर्घकालीन रुपमा सोचौँ।’

प्रकाशित मिति: : 2020-04-03 09:34:18

प्रतिकृया दिनुहोस्