रहेनन् ‘डकवर्थ लुइस’का अविस्कारक

एजेन्सी

काठमाडाै‌ं

क्रिकेट खेलको डकवर्थ लेविस अर्थात ‘डीएल’ नियमका निर्माता मध्येका एक टोनी लेविसको निधन भएको छ।

इंग्ल्यान्डमा बुधबार ७८ वर्षको उमेरमा लेविसको निधन भएको इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बिहिबार जनाएको छ। 

गणित बिषयको प्राध्यापक रहेका लेविस र फ्रान्क डकवर्थसँग मिलेर यस नियमको निर्माण गरेका थिए। जसको कारण दुवैको नामलाई समावेश गर्दै छोटकरीमा यस नियमलाई डीएल भनिदै आएको छ। 

टोनी र फ्रान्कको फर्मूलाको धेरै पटक आलोचना पनि भएको थियो। त्यसपछि अष्ट्रेलियाका गणितज्ञ स्टिवन स्टर्नले यो फर्मुलालाई रिभाइज गरेका थिए। त्यसपछि यो प्रणालीलाई डकवर्थ लुइस स्टर्न पनि भन्ने गरिन्छ।

वर्षाले खेल रोकिएपछि अब्जने विवादास्पद प्रणाली मिलाउन सन् १९९२ मा ‘डीएल’ पद्दती निर्माण गरेका थियो। 

‘डीएल’पद्दति सन् १९९६–९७ मा जिम्बावे र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय खेलमा प्रयोग गरिएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् १९९९ को विश्वकपबाट यस नियमलाई अपनाएको थियो।

यो नियम आउनुपूर्व क्रिकेटमा आईसीसीले टिमको रन रेट र औषत मात्र हेर्ने गर्दथ्यो। अर्थात् वर्षा हुनुअघि जसले धेरै रन रेट बनाएको थियो उसैको जित हुने गर्दथ्यो।

पुरानो नियममा विकेटको बारेमा कुनै गणना गरिने गरिएको थिएन। जब डिएल मेथडमा सुरु भयो त्यसपछि रन र विकेटको औषतमा गणना गर्न थालियो।

लेविसको निधनमा आईसीसीले समेत समवेदना प्रकट गरेको छ। यस्तै इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले भनेको छ, ‘टोनी फ्रान्कको योगदान कसैले भुल्न सक्ने छैनन्। क्रिकेटमा उनको योगदान सधैं ऋणी रहने छ।’

प्रकाशित मिति: : 2020-04-02 22:42:30

प्रतिकृया दिनुहोस्