कोरोना नियन्त्रणका लागि नेपाल आयल निगमले दियाे ५० करोड

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल आयल निगमले ‘कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’मा ५० करोड रुपैयाँ जम्मा गराएको छ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै निगमले मानव जातिलाई नै संकटमा पार्ने गरी फैलिएको कोभिड १९ महामारीविरुद्ध सरकारले गरिरहेको प्रयासमा साथ दिन कोषलाई सहयोेग गरिएको जानकारी दिएको छ।

‘सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम,नियन्त्रण र उपचारका लागि चालेको कदममा साथ दिन सहयात्री बन्न पाउँदा निगम परिवार गौरव महशुस गर्दछ र सबैलाई सहयोग गर्न अपिल समेत गर्दछाैं,’ विज्ञप्तीमा भनिएको छ।‘

साथै निगमले सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन गरेको निर्णय कार्यन्वनमा सघाउन आग्रह समेत गरेको छ।

प्रकाशित मिति: : 2020-04-02 14:15:11

प्रतिकृया दिनुहोस्