भगवान रामको जन्मजयन्ती आज जनकपुरधामस्थित राममन्दिर र जानकी मन्दिरमा श्रद्धालु बिना नै पूजा अर्चना गरिएको छ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी दुबै मन्दिरका मूल ढोका बन्द गरी सर्वसाधारणको प्रवेशलाई निषेध गरी महन्तद्वारा पूजा अर्चना गरिएको हो।
रामको प्रेमभूमि र ससुराली, सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा विगतमा रामनवमीका अवसरमा आयोजना हुने गरिएको महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उलेख्य हुने गरेकोमा यसपटक कोरोनाका कारण सुनसान देखिएको छ।
त्रेतायुगमा चैत शुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रहरूमा उल्लेख छ र सोही दिनलाई रामनवमी भनिन्छ। भगवान राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औं पुरुताका राजा मानिन्छन्। उनी महाराजा दशरथका छोरा थिए। राम शब्द रम् धातुबाट बनेको हो। जसको अर्थ क्रीडा , खेल र आनन्द हो। विद्वानहरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ , यसैकारण भगवानको नाम राम परेको हो भनिन्छ।
राम परब्रम्हा , परम तप , परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँहरूको नामसमेत राम राखेको पाइन्छ। यस सन्दर्भमा महर्षि वैदिक विश्व विद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजार भन्दा अधिक शहरको नाम पता लागेको छ।
धार्मिक ग्र्रन्थहरूमा शिवको रामभक्ति , हनुमान , नारद , अत्रि , अनुसुइया , भरत ,शबरी आदिको रामधक्ति एवं उपासना अद्वितीय रहेको छ। कल्याणस्वरूप , सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक शाब्द हुन्। राम शब्द स्वयम्मा सच्चिदानन्द शन्द पनि हो।
यसप्रकारको महत्व राम शब्द भएका कारण जसले रामनवमी व्रत गर्छ , त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भनी शास्त्रमा वर्णन छ। विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषेत्तम हुन् भन्ने उनको रान्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणा स्रोत मानिन्छ।
आज पनि सुशासन , सुव्यवस्था आदि लोककल्याण्कार िआदर्श व्यवस्था का लागि शास्त्रीय गुणहरूलाइृ एउटै शब्दमा पस्र्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाइृ पूर्ण मानिएको छ। अझ देशधक्ति , पितृभक्ति , मातृभक्ति ,भातृप्रेम , प्रजावत्सलता , सरलता , सहिष्णुता , धार्मिकता , नैतिकता, क्षमाशीलता , वीरताका उदाहरण दिंदा पनि रामलाई नै सम्झिने गरिएको छ।