एचआइभी वैज्ञानिक गीता रामजीकाे कोरोनाले लियाे ज्यान

बिएल संवाददाता

न्युवाेर्क,अमेरिका

विश्वविख्यात वैज्ञानिक गीता रामजीको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित भएकी दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

एचआइभी विरुद्धको उपचार पत्ता लगाउने अभियानमा वैज्ञानिक रामजीको महत्वपूर्ण भूमिका छ।

एचआइभी संक्रमितको जीवन रक्षाका लागि आफ्नो अनुसन्धान केन्द्रित गरेकी रामजीको निधनले ठूलो नोक्सानी बेहोर्नु परेको युएनएड्सले जनाएको छ ।

उनले महिलालाई एचआइभीको संक्रमणबाट जोगाउने तथा उपचारमा पहुँच पुर्‍याउने अभियानका लागि आफ्नो अनुसन्धान केन्द्रित गरेकी थिइन् । 

युएनएड्सकी प्रमुख विनी ब्यायनिमाले प्राध्यापक रामजीको निधन विश्वमा उनको आवश्यकता अधिक रहेका बेला भएको बताएकी छन् ।

विश्वमा सबैभन्दा धेरै एचआइभी संक्रमित भएको देश हो दक्षिण अफ्रिका । अहिले दक्षिण अफ्रिका कोरोनाको संक्रमण फैलिन नदिनका लागि तीन हप्ते लकडाउनमा छ ।
 

प्रकाशित मिति: : 2020-04-02 07:21:32

प्रतिकृया दिनुहोस्