कोरोना संक्रमणका कारण भारतमा ४५ ले ज्यान गुमाए

बिएल संवाददाता

नयाँदिल्ली

कोरोना भाइरस संक्रमणका कारण छिमेकी मुलुक भारतमा ४५ जनाले ज्यान गुमाएका छन्। भारतमा १९३ जना नयाँ संक्रमित देखिएका छन्। पछिल्लो तथ्यांकहरुका अनुसार मृत्यु हुनेमध्ये १० जना नयाँ बिरामी छन्।

इन्डिया टुडेका अनुसार कोरोनाका कारण भारतको महाराष्ट्रमा सबैभन्दा धेरै १० जनाले ज्यान गुमाएका छन्। त्यस्तै गुजरातमा ६ जना पञ्जावमा ४, मध्यप्रदेशमा ४ तथा कर्नाटकमा तीन जनाले ज्यान गुमाएका छन्।

त्यस्तै वेस्ट बंगालमा तीन जना, दिल्लीमा दुई, केरलामा २ जना, तेलङगनामा २ जना तथा जम्बु र कास्मीरमा २ जना को मृत्यु भएको छ। तामिलनाडु, बिहार तथा हिमाञ्चल प्रदेशमा कोरोनाका कारण एक एक जनाको मृत्यु भएको छ।

भारतमा १ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ। भारतममा कोरोना लागेका मध्ये १ सय ४८ जना निको भएका छन्। 

कोरोना संक्रमणका कारण विश्वमा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ। विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ।

अहिलेसम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोनाको संक्रमणबाट निको भएर घर फर्किएका छन्।
 

प्रकाशित मिति: : 2020-04-01 14:18:02

प्रतिकृया दिनुहोस्