स्वास्थ्यकर्मीलाई  थप सुविधा

रासस

 रोल्पा 

रोल्पाको रुन्टीगढी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिने कर्मचारी र स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रम अघि   सारेको छ। उक्त प्रोत्साहन प्रदेश सरकार र सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रममा अतिरिक्त हो।

पालिकाले भाइरस नियन्त्रण तथा रोकथाममा खट्ने कर्मचारीहरुलाई ५ लाखको जोखिम विमा गर्ने र नियन्त्रण अभियानमा खटिएका कर्मचारीलाई खाइपाइ आएको तलव सुविधामा अतिरिक्त प्रोत्साहन रकम भुक्तानि दिने भएको छ।

 अब खटिने स्वास्थ्यकर्मीले खाइपाइ आएको तलव सुविधामा ७५  प्रतिशत अतिरिक्त  सुविधा पाउनेछन्।  गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीहरुले तलव सुविधामा ५० प्रतिशत थप तलव सुविधा पाउने छन्। 

गाउँपालिकामा ६७ लाख ५० हजारको रोकथाम तथा नियन्त्रण विशेष कोष स्थापना पनि गरिएको गाउँपालिकाका नासु दीपक डिसीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-01 12:24:20

प्रतिकृया दिनुहोस्