अमेरिकामा नेपाली योद्धाहरूसँग हार्दैछ कोरोना

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा रहेका नेपालीले एकपछि अर्को गरेर कोरोना भाइरसको संक्रमणमाथि विजय प्राप्त गर्दै आएका छन्। यो समाचार तयार पारिरहेको बेलासम्म न्युयोर्कका दुई नेपाली र एक परिवारले कोरोनामाथि विजय प्राप्त गरेको खुलासा गरेका छन्।

खुलासा गर्ने व्यक्तिमा शम्भु मोक्तान र जीवन वम रहेका छन् भने परिवारका निमा शेर्पा र सोम गुरूङको चार जनाको परिवार रहेको छ। उनीहरूले खुलासा गरेर नेपाली समुदायलाई ठूलो गुन लगाएको स्थानीय एक नेपाली अगुवा भन्छन्। 

केही दिनअघि मात्र शम्भु मोक्तान अस्पतालमै भर्ना भएर उपचारपछि घर फर्केका थिए। आज अर्का नेपाली जीवन वम पनि घर फर्केका छन्। निमा शेर्पाको परिवारले भने घरमै सेल्फ क्वारेन्टाइनटाइनमा बसेर यो युद्ध जितेको थियो ।

उनीहरूको जितको कथाले यहाँको नेपाली समुदायमा कोरोनालाई जित्न सक्ने आँट पलाएको छ। उनीहरूले परिचय खुलाए पनि अरूले परिचय खुलाउने साहस गरेका छैनन्। तर, न्युयोर्कको नेपाली डायस्पोराका अगुवाहरू २२ जनालाई कोरोना संक्रमण भएको भनेर औला भाँच्दै गन्ती गर्छन्। 

सुरूमा अनिल लिम्बुमाथि कोरोना हाबी भएपछि यहाँको नेपाली समुदायको आत्मवल अलि कमजोर भएको थियो। तर, यो ठूलो खति भएपछि यहाँको नेपाली समुदायले पाठ सिक्यो र ठूलो मनोबलका साथ यो लडाईं लडेर जीत हासिल गरिरहेको छ। 

कोरोना भाइरसको विश्व इपिसेन्टर अमेरिकाको पनि इपिसेन्टर भएको छ न्युयोर्क सिटी। त्यसमा पनि अमेरिकाको मिनी नेपाल भनिने कुइन्स नै इपिसेन्टरको पनि इपिसेन्टर भएको छ। यो सत्यलाई स्वीकार गर्दा यहाँ केही दर्जन नेपालीलाई कोरोना भाइरस संक्रमण भएको हुनुपर्ने अनुमान गर्न सकिन्छ। तर, केही मिडियामा आएजस्तो सयौैको संख्यामा चाँहि नेपालीमा कोरोना संक्रमण नभएको स्थानीय एक नेपाली अगुवा भन्छन्। 

कोरोना भाइरस संक्रमित सबैले आफ्नो परिचय खुलाएको भए अफवाह फैलदैन थियो, समुदायका सबै सचेत हुने थिए भन्दै उनी अगाडि भन्छन्, 'तर अझै पनि हाम्रो समुदायमा यो रोग लुकाउने समस्या छ। ढिलो चाँडो मानिसले बुझेर भन्ने नै छन्।'

सुरूमा अनिल लिम्बुमाथि कोरोना हाबी भएपछि यहाँको नेपाली समुदायको आत्मवल अलि कमजोर भएको थियो। तर, यो ठूलो खति भएपछि यहाँको नेपाली समुदायले पाठ सिक्यो र ठूलो मनोबलका साथ यो लडाईं लडेर जीत हासिल गरिरहेको छ। 

प्रकाशित मिति: : 2020-04-01 10:39:17

प्रतिकृया दिनुहोस्