बूढानीलकण्ठमा विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन पूरा

रासस

बूढानीलकण्ठ

कोभिड –१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न बूढानीलकण्ठ नगरपालिकाले  नगरभित्र वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ। 

नगरपालिकाका १३ वटै वडामा सो तथ्याङ्क सङ्कलन गरिएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए। उनका अनुसार १५ दिन अघिदेखि नगरपालिकामा आएकाको तथ्याङ्क संकलन गरिएको हो। 

उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आग्रह गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले विदेशबाट फर्केकाका परिवार तथा छिमेकीलाई समेत सचेत रहन भनेको छ। 

नगर प्रमुख खरेलका अनुसार कोरोना संक्रमणको प्रकोप शुुरु भएयता नगरपालिकाभित्र फर्कनेको संख्या ८२  छ। तीमध्ये सबैभन्दा धेरै १८ जना संयुक्त अरब इमिरेट्सबाट फर्केका छन्। 

भारत १५, बंगलादेश पाँच, कतार आठ, पोर्चुगल र अमेरिका तीनतीन, अष्ट्रेलिया पाँच, मलेसिया र ओमान दुईदुई, बेलायत तीन, जापान चार तथा  नर्वे, फिलिपिन्स, फ्रान्स र इजिप्टबाट एकएक जना घर फर्केको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2020-04-01 09:04:08

प्रतिकृया दिनुहोस्