अत्यावश्यकीय वस्तु वडाबाट वितरण, गैरसरकारी संस्थालाई कडाइ

काठमाडौं ७ मा राहत फर्म भर्नेको भिड। तस्बिर : केशव थोकर

सरकारले कोरोना भाइरसको जोखिमलाई लिएर भएको लकडाउनपछि रोजगारीको अभावमा गुजारा चलाउन कठिन भएका परिवारलाई राहत प्रदान गर्ने भएको छ।

कोरोना संक्रमणको जोखिमका कारण गत सातादेखि भएको लकडाउनका कारण दैनिक मजदुरी, ज्यालादारी काम गर्ने र हालको अवस्थामा रोजगारविहीन बनेका नागरिकका परिवारलाई सरकारले खाद्यान्नलगायत अत्यावश्यकीय वस्तु सहयोग गर्ने भएको हो।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले हालको अवस्थामा रोजगारविहीन बनेका व्यक्ति र परिवारलाई सरकारले खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको प्याकेज बनाएर सहयोग गर्ने भएको हो। तर यस्ता अत्यावश्यकीय वस्तु कुनै पनि गैरसरकारी संस्था वा व्यक्तिले आपूmले चाहेको ठाउँमा सिधै वितरण गर्न भने पाउने छैनन्।

प्रकाशित मिति: : 2020-04-01 08:15:18

प्रतिकृया दिनुहोस्