पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका ५, महुवनका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई भोर नामक संस्थाले खाद्यान्न सहयोग गरेको छ।
सरकारले लकडाउन गरेपछि ज्यालादारी,मजदुरी, ईटाभटामा काम गर्ने विपन्न तथा आर्थिक अवस्था कमजोर भएको वर्ग बढी प्रभावित भएका छन्।
भोर संस्थाका राजकुमार महतोले काेही भाेकै नबसुन भनेर खाध्यसाम्रगी प्रदान गरिएकाे बताए।
विपन्न तथा आर्थिक अवस्था कमजोर भएको लागि १० जनालाई प्रती परिवार खाधान्न प्याकेज, चामल १० किलो, दाल २ किलो, खाने तेल १ लिटर, चिउरा २ किलो, चिनी २ किलो, नुन १ प्याकेट, मसला १०० ग्राम सहयोग गरिएको उनले जानकारी दिए।