चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् ।
पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी आशंकित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण गर्ने भएको छ ।