कोरोना भाइरसको संक्रमण र बेँसीशहर बजारमा कीटनाशक औषधि क्रोरिङ छर्किएको छ।
बेँसीशहर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला सामुदायिक अस्पताल, बेँसीशहर खानेपानी उपभोक्ता संस्था बेँसीशहरलगायतको पहलमा आज बेँसीशहर बजारमा कोरोनाविरुद्ध औषधि छर्किएको हो।
बेँसीशहर ८ मा रहेको जिल्ला प्रहरी कार्यालयबाट छर्न शुरु गरी नगरपालिका भवन, फूलबारी चोक, नारायणस्थान चोक, भीमसेनस्थान चोक, पुरानो बैंक चोकदेखि मनाङे चौतारासम्मको सडक र वरिपरिका घरका सटरमा कीटनाशक औषधि छर्किइयो।
यी सबै क्षेत्रमा नगरपालिकाको दमकलबाट उक्त औषधि छर्किएको थियो। औषधि छर्किने अभियान केही दिनसम्म नगरका सबै ठाउँमा दमकलबाटै हुने नगर प्रमुख गुमानसिंह अर्यालले बताए।