रुसमा एकहप्ते ‘लकडाउन’

एजेन्सी

काठमाडाै‌ं

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप रुसमा एकहप्ते लकडाउन सुरु भएको छ। रुसले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर लकडाउन सुरु गरेको हो । 

राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई ‘नन–वर्किङ्ग वीक’ का रुपमा परिभाषित गरेका छन् । सरकारले सर्वसाधारणलाई घर भित्रै बस्न आग्रह गरेको छ ।

अहिले एक हप्ताका लागि लागु भएको लकडाउन अप्रिल पाँच भन्दापछि पनि कायम रहेने सम्भावना रहेको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।  रुसमा अहिलेसम्म चारजनाको मृत्यु भएको छ । यस्तै रुसमा अहिलेसम्म एक हजार ३६ जनामा संक्रमण पुष्टि भएका छ।

प्रकाशित मिति: : 2020-03-29 03:24:37

प्रतिकृया दिनुहोस्