कोभिड-१९ बारे पहिलो अनुसन्धान गर्ने बैज्ञानिक भन्छन् : संक्रमित सबैलाई आइसोलेसन र शंका लागे क्वारेन्टाइनमा राख्नै पर्छ

नोवेल कोरोना भाइरस डिजिज २०१९ (कोभिड-१९) आउटब्रेक भएसँगै अग्रपंक्तिमा रहेर रोग विरुद्ध लडेका चिनियाँ बैज्ञानिकहरु विदेशी मिडयाको पहुँचमा छैनन्। अधिकांश वैज्ञानिकहरु रोगसँग लड्न अनुसन्धानमा केन्द्रित छन्। मिडियामा देखिन चाँहदैनन् विशेषगरी विदेशी पत्रकारहरु उनीहरुको प्राथमिकतामा पनि पर्दैनन्।

साइन्स म्यागेजिनले  चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का महासचिव जोर्जी काओसँग दुई महिनासम्म एउटा अन्तर्वार्ताका लागि प्रयास गरिरह्यो। गत हप्तामात्र उनी तयार भए। काओले दुई हजार कामदारहरुलाई प्रत्यक्ष रुपमा हेर्छन्। जुन अमेरिकी अमेरकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पाँच भागको एक भाग कर्मचारी बरावर हुन आउँछ। उनी आफैमा सक्रिय अनुसन्धानकर्ताको रुपमा रहेका छन्।

उनले जनवरीमा पहिलो आइसोलेसनमा सहभागी टिममा रहेर काम गरे। त्यस्तै उनी कोभिड-१९ को संक्रमण फैलाउने भाइरस सेभर एक्युट रेस्मिरेटरी सेन्ड्रोम-२ (सार्स-कोभ-२)को अनुक्रम पत्ता लगाउन सक्रिय रहे। उनले दी न्यू जर्नल अफ अमेडिसिन (एनईजेएम)मा कोभिड-१९ सम्बन्धी दुई वटा महत्त्वपूर्ण जर्नल आर्टिकलमा सहलेखन गरे। जसले महामारी र यसको क्लिनिकल फिचरको वारेमा प्रारम्भीक जानकारी दिन्छ। त्यस्तै दी लान्सेटमा उनले कोभिड-१९ सम्बन्धी थप तीन आर्टिकल प्रकाशित गरेका छन्।

उनको समूहले विश्व स्वास्थ्य संगठनले बनाएको चिनियाँ अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको संयुक्त आयोगलाई त्यस्ता केही महत्त्पूर्ण तथ्यांकहरु उपलब्ध गराए जसले आयोगलाई चीन भ्रमण गरी रिपोर्ट तयार पार्न महत्त्पूर्ण सहयोगी भयो।

प्रकाशित मिति: : 2020-03-29 02:25:10

प्रतिकृया दिनुहोस्