कोरोना भाइरसको संक्रमणको डरले छिमेकी भारतमा लामो समयदेखि मजदुरी गर्दै आएका सुदूरपश्चिमका नेपालीहरू घर फर्किने क्रम बढ्दो छ।
भारत सरकारले २१ दिन भारत बन्द गर्ने निर्णय गरेपछि लामो पद्यात्रा तय गरेर दार्चुलाको भारतीय नाकामा आइपुगेका नेपालीको उद्दार कार्य पनि उत्तिकै तदारुकताका साथ भइरहेको छ।
शुक्रबार रातीमात्र २ सय २५ जनालाई उद्दार गरिएको थियो। उद्दार गरिएका नेपालीहरू सामान बोक्ने जीप चढेर आ–आफ्नो गाउँतर्फ लागेका छन्। उनीहरू झोला झुम्टा बोकेर घर फर्किएका थिए।
यसअघि पनि भारत र नेपाल सरकारबीच वार्ता भएर नेपालीहरूलाई छोडिएको थियो। भारतबाट अझ नेपालीहरू आउने क्रम जारी छ।