कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ।
शनिबार दिउँसो साढे १२ बजे ए ३३० वाइडबडी जहाज काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ।
नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनका अनुसार कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको छ।
स्रोतका अनुसार वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउनेछ।
यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो।