यूएईमा समस्यामा परेका ३० नेपाली ट्याक्सी चालकलाई एनआरएनले गर्‍याे सहयोग

एनआरएन यूएई (नेपाल एसोसीएसन)ले यूएईमा समस्यामा परेका ३० जना नेपाली ट्याक्सी चालक श्रमिकलाई सहयोग प्रदान गरेको छ।

बिहीबार एनआरएनले सारजाहमा रहेको इमिरेट्स ट्याक्सी क्याब कम्पनीमा काम नभएर खानाको अभावका भएपछि समस्यामा परेका ३० जना नेपालीलाई सहयोग गरेको हो। 

कम्पनीले तलब नदिएर खान, बस्न समस्या भएको खबर जानकारी पाएपछि क्याम्पमै पुगेर नगद १५ सय दिर्हाम र प्रतिव्यक्ति दुई वटा स्यानिटाइजर सहयोग गरेको नेपाल एसोसीएसनका बोर्ड अफ डाइरेक्टर रमेश श्रेष्ठले जानकारी दिए।

नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म बुझाएर यूएई आएका उनीहर केही समयदेखि काम र काम गरेको तलबका साथै अन्य सेवासुविधा नपाएपछि समस्यामा परेका छन्।

उनीहरुले आफ्नो समस्या यूएईमा रहेको नेपाली दूतावासमा समेत राखेको भए पनि कोरोना सङक्रमणको जोखिम रोकथामका लागि उडानहरु स्थगित भएकाले उद्दारमा समस्या भएको दूतावासले जनाएको छ। 

उनीहरुसँगै समस्यामा परेका पाँच जनालाई भने उद्दार गरेर नेपाल पठाइसकेको दूतावासले जानकारी दिएको छ।
 

प्रकाशित मिति: : 2020-03-28 02:16:03

प्रतिकृया दिनुहोस्