गत साता युनाईटेड अरब इमिरेट्स (युएई) को शाहरजहाबाट नेपाल फर्किएका धादिङका ३२ वर्षीय एक युवामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
सोमबार शरीरमा उच्च तापक्रम र खोकी बढेपछि उनलाई टेकु अस्पतालमा उपचारका लागि ल्याइएको थियो।
उपचारकै क्रममा उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ। उनलाई कोरोनाको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले पनि पुष्टी गरेका छन्। उनले बिएल नेपाली सेवासँग भने, ‘धादिङका ३२ वर्षीय युवामा संक्रमण फेला परेको छ। उनी मार्च १९ मा एयर अरेबियाको विमानबाट नेपाल फर्किएका थिए।’
टेकुमा कार्यरत ३२ वर्षीय धादिङका युवा एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल फर्किएका थिए।