चितवनका यादवको मृत्युको कारण कोरोना होइन- टेकु अस्पताल

चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा ज्यान गुमाएको युवकको मृत्यु कोरोना भाइरसबाट नभएर अटो इम्युन डिजिजबाट भएको खुलेको छ।

टेकु प्रयोगशाला श्रोतका अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो।

यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो ।

यसअघि यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले विज्ञप्ति निकालेर जनाइसकेको छ।

पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि  चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवलाई आइसोलेसनमा राखिएको थियो।

प्रकाशित मिति: : 2020-03-25 04:33:23

प्रतिकृया दिनुहोस्