दुई नेपालीलाई आबुधावीमा प्रहरीले जबरजस्ती जहाजभित्र राखेर नेपाल फर्कायाे

नेपलालले सबै अन्तर्राष्ट्रिय उडानमा आइतबार रातिबाट प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा पनि एयरएम्बुलेन्स, खाली जहाज र आकस्मिक उडानले उडान, आतरण गर्न पाउछन् ।  

सोमबार उडान बन्दका कारण खाली आएर यात्रु लैजाने भन्दै नागरिक उड्डयन प्राधिकरणसँग केही एयरलाइन्सले चार वटा उडानको अनुमति लिए । कतारले दुई वटा, इत्तेहाद र कोरियन एयरले एक, एक उडानको अनुमती लिएका थिए । 

‘पोजिसन फ्लाइट उडान अनुमतिअनुसार कतारले उडान सम्पन्न गरेर फर्केको थियो । यता ४ः३० मा अवतरण गर्न समय पाएको इत्तेहाद एयर जहाजले काठमाडौको आकाशमा आठ फन्को लगायो । सबैले विमानस्थलको फ्लाइट राडारमा हेरिरहेका थिए । आठ फन्को लगाएपछि क्याप्टेनले विमानस्थलका एयर ट्राफिक कन्टोलर (एटिसी) लाई तेल सकिन लागेको जानकारी गराए । अवतरण गर्न नदिनुको कारण थियो खाली आउनु पर्ने जहाजमा दुई नेपाली थिए । 

पाइलटले नजिक विमानस्थल नभएको दिल्लीले पनि उडान रोक लगाएकोले अकस्मिक अवतरणको अनमुती माग गरेको थियो । एटीसीले अनुमति दिए । तर, जहाजमा प्रतिबन्धलाई तोडेर दुई यात्रु इत्तेहादले नेपाल ल्याएको थियो । ‘अवतरणको अनुमति नदिएको भए जहाज खस्न सक्ने चेतावनी पाइलटले दिएपछि दिइयो,’ विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले भने । 

प्रकाशित मिति: : 2020-03-25 03:52:53

प्रतिकृया दिनुहोस्