यूएईमा कोरोना संक्रमित दुवै नेपाली भए निको

यूएईमा कोरोना भाइरसबाट संक्रमित दुई जना नेपाली उपचारपछि निको भएका छन्। दुवै नेपालीलाई स्वास्थ्यलाभ भएको जानकारी दिएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए।

कोरोनाबाट पीडित ती नेपालीहरुको परिचय भने यूएईको स्वास्थ्य मन्त्रालयले गोप्य राखेको छ। वैदेशिक रोजगारीको सिलसिलामा यूएईको अबुधाबीमा गएका दुई पालीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार जारी राखिएको थियो।

यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये हालै दुई  नेपालीसहित तीन जना बिरामी निको भएका छन्। एक जना भने इटालीका नागरिक हुन्।

यूएईमा हालसम्म १९ जना संक्रमित फेला परेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि युएई सरकारले पर्यटकीयस्थल, रेस्टुरेन्ट, मानिसहरुको जमघट हुने प्रमुख क्षेत्र तथा विद्यालयहरू अनिश्चितकालका लागि बन्द गराएको छ। साथै यूएई भ्रमणमा आउनेहरूका लागि भिसासमेत बन्द गरिएको छ।

प्रकाशित मिति: : 2020-03-24 20:41:36

प्रतिकृया दिनुहोस्