फ्रान्सबाट आएका दुई साथी संक्रमित भएर पुगे नेपाल र भियतनाम, अरूलाई सर्ने कति सम्भावना?

सेतोपाटी

काठमाडाै‌ं

टेकु अस्पतालमा कोरोना भाइरस उपचार गराइरहेकी १९ वर्षीया युवती यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्। दोहासम्म उनकी भियतनामी साथी सँगै थिइन्।

एउटै कलेज पढ्ने उनीहरू फ्रान्सबाट एउटै जहाजमा आएका थिए। दोहा पुगेपछि भियतनामी साथी आफ्नो देश लागिन्, उनी कतार एअरवेजमा नेपाल आइन्।

काठमाडौं घर भएकी उनी विमानस्थलबाट सोझै आफ्नो घर गइन्। संक्रमित देशबाट आएकीले 'सेल्फ क्वारेन्टाइन' मा बसिन्। परिवारका बाँकी चार जना सदस्य पनि सतर्क थिए।

क्वारेन्टाइनमा बसेको दुई दिन भएको थियो, उनलाई एउटा म्यासेज आयो। म्यासेज पठाउने उही भियतनामी साथी थिए। उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको सुनाइन्।

प्रकाशित मिति: : 2020-03-24 08:35:33

प्रतिकृया दिनुहोस्