काठमाडौंमा एक जनामा कोरोना भाइरस ( कोभिड-१९) का संक्रमण देखिएको छ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमवार आकस्मिक पत्रकार सम्मेलन गर्दै संक्रमण देखिएको बताएका हुन्। फ्रान्सबाट मंगलबार फर्किएकी १९ वर्षीय किशोरीमा संक्रमण देखिएको मन्त्री ढकालले जानकारी गराए।
यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि घर फर्किसकेका छन्।