रसुवामा २ सय १०  शैय्याको क्वारेण्टाइन  र ३५ शैय्याको आइसोलेसन बन्दै

रसुवामा २ सय १०  शैय्याको क्वारेण्टाइन  र ३५ शैय्याको आइसोलेसन सञ्चालनमा आउने भएको छ। 

जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको आइतबार बसेको बैठकले विश्वभरी फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन तथा आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेको हो। 

यो निर्णयसँगै दुई वटा अस्पतालमा आइसोलेसन र रसुवाको ८ ठाउँमा क्वारेण्टाइन स्थापना गरिनेछ। 

प्रकाशित मिति: : 2020-03-23 21:22:22

प्रतिकृया दिनुहोस्