काेराेना त्रास: चन्द्रागिरि केबलकार बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

विश्वमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९को सम्भावित संक्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि केबलकार बन्द गरिएको छ।

चन्द्रागिरि हिल्स लिमिटेडले कोरोनाको संक्रमण नेपालमा पनि हुनसक्ने भन्दै आइतबारदेखि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो। 

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोगका बारेमा सजग हुनुपर्ने भएकाले तत्कालका लागि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको जानकारी दिए।  ‘सरकारको निर्णय र निर्देशनअनुसार अति आवश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने निर्णयबमोजिम अर्को सूचना नआएसम्मका लागि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेका छौँ’, उनले भने। 

हिल्सले कोरोनाको संक्रमणबाट जोगिनका लागि सम्पूर्ण जनतालाई आग्रहसमेत गरेको छ। 

प्रकाशित मिति: : 2020-03-23 20:13:25

प्रतिकृया दिनुहोस्