कोरोना संक्रमणका विरामी थपिएसँगै नेपाल ‘ग्रीन जोन’बाट बाहिरियो

विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका बिरामीको संख्यामा एक जना थपिएपछि नेपाल विश्व स्वास्थ्य संगठनको हरियो सूचिबाट बाहिरिएको छ।

सुरूमा एक जना व्यक्तिमा मात्रै संक्रमण देखिएपछि उपचार पश्चात उनी स्वस्थ्य भएको भन्दै विश्व स्वास्थ्य संगठनले नेपालाई हरियो कलरमा राखेको थियो।

छिमेकी राष्ट्र भारतमा संक्रमणको संख्या बढ्दै गएको बेला सीमावर्ती शहर वीरगञ्जमा एक व्यक्तिमा संक्रमण भएको पुष्टि  आइतबार भएपछि नेपालमा एक जना विरामी थपिएका छन्।

पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार, कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएपछि उनको भारतको पटनास्थित अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले भोलिदेखि नेपाल र भारतका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालका सबै सीमानाका एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

चीनको वुहानबाट सुरु भएर विश्वका १८८ मुलुकमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १३ हजार ६ सय ७६ जनाको निधन भइसकेको छ।

यसरी सबैभन्दा बढी इटालीमा ४८२५ र दोस्रो चीनमा ३२६१ जनाको मृत्यु भइसकेको छ भने भारतमा अहिलेसम्म ७ जनाको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-03-23 09:38:54

प्रतिकृया दिनुहोस्