एकदमै छिटो संक्रमण हुने भनिएको कोरोना भाइरस युरोपको पोर्चुगलबाट अफ्रिकाको अंगोला पुगेको छ। अंगोलाका स्वास्थ्य मन्त्री सिल्भिया लुटुकुटाले बताएअनुसार पोर्चुगलबाट मार्च १७ र १८ मा फर्किएका दुई अंगोलाली नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको हो।
उनीहरूमा कोरोना भएको शनिबार पत्ता लागेको हो। यो दुबै अंगोलामा कोरोना भाइरसको पहिलो संक्रमण हो।