पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट लड्न छुट्टीमा रहेका सम्पूर्ण सुरक्षाकर्मीको बिदा कटौति गरिएको छ र उनीहरूलाई बिपतको अवस्थामा तुरुन्त सेवामा संलग्न हुन निर्देशन दिइएको छ।
युरोपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण पोर्चुगल सरकारले यस्तो निर्णय गरेको हो। पोर्चुगल प्रहरी प्रमुख माजिना डा सिल्भाले यसको जानकारी दिँदै भनिन्, ‘जो छुट्टीमा बसेका छन्, उनीहरूलाई तुरुन्त काममा फर्किन निर्देशन दिइएको छ।’
पोर्चुगलमा कोरोनाका कारण हालसम्म १२ जनाको निधन भइसकेको छ। यहाँ अझै १२ सय ६३ जना संक्रमित देखिएका छन् भने २६ जनाको अवस्था दयनीय छ।