अञ्जु पन्तको यो ‘बासी’ तस्विर जसले कमल थापालाई समेत झुक्यायो

बुधबार एकाएक एउटा तस्बिर भाइरल भयो। त्यो थियो– चर्चित गायिका अञ्जु पन्तको।

तस्विरमा पन्तलाई एउटा कारको पछाडि उभिरहेको देख्न सकिन्छ। कारमा झोला र केही किताब पनि स्पष्ट देख्न सकिन्छ। त्यही तस्बिर राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले बाइबल र केही राहत सामग्री बोकेर पन्त बारा पुगेको दाबी गर्दै धमाधम विरोध गर्न थाले।

तर, भाइरल बनेको उक्त तस्बिर अहिलेको नभएर पुरानो भएको खुलेको छ। त्यो पनि अहिले चर्चा गरिएजस्तो बाइबल नभएर किताब–कापी भएको दाबी गरिएकाे छ।

प्रकाशित मिति: : 2019-04-05 08:23:00

प्रतिकृया दिनुहोस्